युनिक नेपालको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न

युनिक नेपालको ३ वर्षे रणनीतिक योजना कार्यशालाआज सम्पन्न भएको छ। युनिक नेपालले आगामी ३ वर्षभित्र समुन्नत समाज निर्माणका लागिआर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने उद्देश्य समेट्दै सो कार्यशाला सम्पन्न गरेको छ।

युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारुले भन्छन्, ‘युनिक नेपालले स्थापनाकालदेखि नै अतिविपन्न, सिमान्तकृत समुदायको उत्थान, विकास, जीविकोपार्जनको क्षेत्रमा काम गर्दै आएको छ। थारु समुदायको भाषा, साहित्य, सँस्कृति र दस्तावेजीकरणमा महत्वपूर्ण कार्य गर्दै आइरहेको छ। विश्व परिवर्तन भइरहेको बेलामा युनिक नेपालले नयाँ ढंगले आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा अझ शिक्षा, उद्यमशीलता र युवा सशक्कीरणको क्षेत्रमा फोकस गरेर रणनीतिक योजना बनायौं।’ दुई दिनसम्म सञ्चालन भएको कार्यशालालाई विषयविज्ञ शोभाराम चौधरीले सहजीकरण गरेका थिए।

बैदावाहरुलाई सोलार ड्राएर हस्तान्तरण
युएनडीपीजिइएफको आर्थिक सहयोग र युनिक नेपालको सहकार्यमा बर्दियाका गुर्वा बैदावाहरुलाई सोलार ड्राएर प्रदान गरिएको छ। सो कार्यक्रममा बर्दिया जिल्लामा सक्रियरुपमा जडिबुटीको क्षेत्रमा काम गर्ने ४ जना बैदावाहरुलाई रु. १५००० पर्ने सोलार ड्राएर अनुदानमा प्रदान गरिएको हो।

गुर्वा बैदावाहरुले जडिबुटीखुलाघाममा सुकाउँदा असुरक्षितहुने र समय लाग्ने भएकाले सुरक्षित र छिटो सुकाउनका लागि सोलाइर ड्राएर सहयोग गरेको युनिक नेपालकाअध्यक्ष प्रिमबहादुर थारुले बताए।

युनिक नेपालले थारु समुदायको परम्परागत प्रणालीमा विगतका वर्षदेखि काम गर्दै आइरहेको छ। अनुसन्धाता डा. गोपाल दहितले संकलन गरेको आदिबासी जडिबुटी ज्ञानसम्बन्धी २ पुस्तकहरु युनिक नेपालले प्रकाशनमा समेत ल्याएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *