थारुलगायत समुदायको उत्थानका लागि घोराहीले छुट्यायो ४६ लाख बजेट

घोराही उपमहानगरपालिकाले थारु समुदायका लागि ४६ लाख बजेट विनियोजन गरेको छ। उसले आन्तरिकतर्फ २६ लाख र संघ सरकारबाट प्राप्त अनुदानबाट २० लाख गरी ४६ लाख बजेट विनियोजन गरेको हो।

उक्त रकम पर्यटन तथा सँस्कृति पवर्द्धन, थारु संग्राहलय प्रवर्द्धन, थारु समुदायको मटावा सँस्कृति, स्थानीय भाषा, कला, साहित्य र हस्तकलासम्बन्धी कार्यक्रम आयोजना गर्ने जनाइएको छ। घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब ३२ करोड ९० लाख ९१ हजार बजेट विनियोजन गरेको छ।

उपमहानगरपालिकाको कूल बजेटमध्ये सङ्घ सरकारबाट प्राप्त हुने सःशर्त अनुदान रु ७४ करोड दुई लाखमध्ये रु १० करोड ३० लाख अर्थात् १३ प्रतिशत पूँजीगत खर्च हुनेछ भने रु ६३ करोड ७२ लाख अर्थात् ८६ प्रतिशत चालु खर्चका लागि हुनेछ। यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सःशर्त अनुदान रु पाँच करोड ४० लाख अर्थात शतप्रतिशत पूँजीगत खर्च हुनेछ।

सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आयबाट विनियोजन गरिएको रु एक अर्ब ५३ करोड ४८ लाख ९१ हजारमध्ये रु ६१ करोड ६९ लाख ८१ हजार अर्थात् ४०.२० प्रतिशत चालु खर्चका रूपमा रहेको छ भने रु ९१ करोड ७९ लाख १० हजार अर्थात् ५९.८० प्रतिशत पूँजीगत खर्चका रूपमा रहेको उपप्रमुख डिसीले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ ।

घोराहीको कूल बजेट रु दुई अर्ब ३२ करोडमध्ये रु एक अर्ब २५ करोड ४१ लाख ८१ हजार अर्थात् ५३.८५ प्रतिशत चालु खर्चका रूपमा रहेको छ भने रु एक अर्ब सात करोड ४९ लाख १० हजार अर्थात् ४६.१५ प्रतिशत पूँजीगत खर्चका रूपमा रहेको छ । घोराही उपमहानगरपालिकाले आगामी आव २०७९/०८० मा रु ३२ करोड आम्दानी गर्ने लक्ष्य राखेको छ । घरजग्गा रजिष्टे«शनसमेत मध्येबाट यो रकम आय हुने अनुमान गरिएको छ ।

सङ्घीय वित्तीय समानीकरण अनुदानबाट रु ३५ करोड ९५ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु २५ करोड ७६ लाख ५८ हजार, सङ्घीय रोयल्टी बाँडफाँटबाट रु सात लाख, सङ्घीय विशेष अनुदानबाट रु दुई करोड बेहोरिनेछ । यस्तै प्रदेश समानीकरण अनुदानबाट रु एक करोड ६७ लाख २५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रु चार करोड ४४ लाख ५७ हजार, प्रदेश सःशर्त अनुदानबाट रु एक करोड ६० लाख, प्रदेश समपूरक अनुदानबाट रु तीन करोड, प्रदेश विशेष अनुदानबाट रु ८० लाख बेहोरिनेछ । यसमा नपुग हुने रकम रु ५३ करोड ५८ लाख ५१ हजार चालु आवर्ष २०७९/०८० को बंैंक मौज्दातबाट बेहोरिनेछ ।

यसबाहेक उपमहानगरपालिकालाई सङ्घ तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने सामाजिक सुरक्षा, गरिबसँग विश्वेश्वर कार्यक्रमलगायत अन्य कार्यक्रमको एकल खाता कोष प्रणालीमार्फत भुक्तानी हुने भएकाले आगामी आव २०७९/०८० को बजेट प्रक्षेपणमा समावेश नगरिएको पनि उपप्रमुख डिसीले बजेट प्रस्तुतीकरणमा जानकारी दिनुभयो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख डिसीले बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटका बारेमा आगामी सोमबार छलफल हुने नगरप्रमुख चौधरीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *