थारुलाई ‘प्रथम जाति’ घोषणा गर्दै इटहरी उपमहानगरपालिकाले छुट्यायो ३० लाख बजेट

इटहरी उपमहानगरपालिकाले आदिवासी थारूलाई नगरको प्रथम नागरिक घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख संगीता चौधरीले थारु जातिलाई इटहरीको प्रथम जाती घोषणा गरेकी हुन्।

उपमेयर संगीता चौधरीले सार्वजनिक गरेको घोषणामा भनिएको छ, ‘इटहरीमा प्राचीन कालदेखि बसोबास गर्दै आइरहेको थारु समुदायलाई प्रथम जातिको रुप घोषणा गरिएको छ । सो जातिका उक्त जातिको विकासको लागि रु ३० लाख विनियोजिन गरिको छ । सो सम्बन्धित कार्यक्रमहरु उक्त जातिको प्रभुत्व व्यक्ति र जनप्रतिनिधहरुको परामर्शमा तय गरिनेछ ।’

इटहरी उपमहानगरपालिकाले २ अर्ब १८ करोड ६ लाख १० हजारको अनुमानित बजेट पेस भएको छ । जसमा संघीय सामानिकरण अनुदान ३४ करोड ९७ लाख, संघीय ससर्त अनुदान ४६ करोड ७७ लाख, संघीय समपुरक अनुदान ४ करोड ५० लाख, संघीय विशेष अनुदान ९ करोड, प्रदेश समानिकरण अनुदान १ करोड ९९ लाख ६० हजार, प्रदेश ससर्त अनुदान २ करोड ९५ लाख ५२ हजार, प्रदेश समपूरक अनुदान १ करोड, संघीय राजश्व बाडफाँड १८ करोड ३७ लाख २ हजार, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड ९ लाख २० हजार, प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशन ३२ करोड, आन्तरिक श्रोतबाट ३६ करोड ५ लाख, नगद मौज्दात परिर्वनबाट २७करोड ९८ लाख ९८ हजार र आसमान नेपालको साझेदारी रकम ३७ लाख ७८ हजार रकम जोडिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *