युवा नेता अरुण चौधरी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्यमा मनोनीत

नेपाली कांग्रेसबाट नागरिक उन्मुक्ति पार्टीबाट आएका अरुण कुमार चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेकी हुन्। त्यसका साथै अरुणलाई सुदूरपश्चिम प्रदेशको संगठन विभाग प्रमुखको जिम्मेवारीसमेत तोकिएको छ।

‘अरुण कुमार चौधरीलाई यस नागरिक उन्मुक्ति पार्टीको अन्तरिम विधान २०७८ धारा ११ बमोजिम अर्को विधान तथा राष्ट्रिय महाधिवेशन नहुन्जेलसम्मको लागि केन्द्रीय सदस्य र पार्टीको संगठनात्मक जिम्मेवारीका लागि सुदूरपश्चिम प्रदेशको संगठन विभाग प्रमुखमा मनोनीत गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका अरुण केही साताअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए। पार्टी प्रवेश गरेसँगै उनी कैलाली र कञ्चनपुरमा स्गठन विस्तारमा लागेका थिए।

यसैबीच नागरिक उन्मुक्ति पार्टीले कैलालीको कैलारी गाउँपालिका-८ मा आफ्नो संगठन विस्तार गरेको छ। सो वडामा पुरन चौधरीको अध्यक्षतामा सोमबार २१ सदस्यीय वडा समिति गठन गरिएको छ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीको उपस्थितिमा वडा समिति गठन गरिएको हो। यसैगरी, सोही क्रममा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र राप्रपा परित्याग गरी ३४ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका केन्द्रीय सदस्य चौधरीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *