संसदमा ‘टीकापुर घटना राजनीतिक घटना’ हो भनी संकल्प प्रस्ताव पेस गर्न माग

टीकापुर घटना राजनीतिक घटना हो भनी संसदमा संकल्प पेस गर्न माग गरिएको छ। थरुहट अभियन्ता सुरेन्द्र चौधरीले संसदको यही अधिवेशनमा संकल्प प्रस्ताव दर्ता गर्न लोकतान्त्रिक समावादीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईसँग माग गरेका हुन्।

‘निर्वाचनको बेला ठूला दलका ठूला नेताहरुले टीकापुर घटनाका राजबन्दीहरु निर्दोष हुन् भनेर भाषण गरेको सुनियो। महन्थ थाकुरजी, बाबुरामजीहरुले हरेक राजनीतिक उथलपुथलको बेला टीकापुरको घटनालाई जोडेर मागहरु राख्ने गर्नुहुन्छ। जवाफमा के पाउनु हुन्छ कहिल्यै प्रष्टरूपमा बाहिर आउँदैन,’ उनले भने।

उनले टीकापुर घटनामा अब दया भीख नमाग्न आग्रह गरे। ‘दयाको भिख नमाग्नुस्। यो संसद अधिवेशनमा सकिन्छ भने महन्थ थाकुरजी, बाबुरामजी, उपेन्द्रजीहरुले संसदमा ‘टीकापुर राजनीतिक मुद्दा’ हो भनी बिशेष प्रस्ताव पेस गरियोस। दलहरुलाई उक्त प्रस्तावलाई संसदबाट अनुमोदनको लागि आह्वान गरियोस्। पक्ष र विपक्षमा कुन-कुन दलहरु हुन्छन्, दुधको दुध, पानीको पानी छुट्टी हाल्ने छ,’ उनले भेन।

विसं २०७२ भदौ ७ र ८ गते घटेको टीकापुर घटनाको छानबिन गर्न बनेको संसदीय समितिले त्यही बेला प्रतिवेदन बुझाइसकेको छ। तर हालसम्म सार्वजनिक गरिएको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *