‘थारुहरुले गोपाल हमाल जिताए, गोपाल हमालले कांग्रेस जिताए’

कैलाली जिल्ला समन्वय समितिको निर्वाचनमा धनगढी उपमहानगरका मेयर गोपाल हमाल निर्णायक बन्दा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। स्वतन्त्रबाट मेयर जितेका हमालले चुनावको अघिल्लो दिनसम्म आफू स्वतन्त्र रहने र कसैको पक्षमा मतदान नगर्ने बताएका थिए। तर निर्वाचनको दिन उनी कांग्रेस उम्मेदवारलाई मत दिएर विजयी बनाए।

उनले मत नदिएको अवस्थामा कैलाली जिससमा सत्ता गठबन्धन दल र नागरिक उन्मुक्ति पार्टी र एमाले गठबन्धनको समान १२-१२ मत हुन्थ्यो। त्यस्तो अवस्थामा गोलाप्रथाबाट जिसस प्रमुख, उपप्रमुख र सदस्यहरु चयन गरिन्थ्यो। तर हमालले गठबन्धनतिर खुलेपछि त्यो समीकरण हुन नसकेको कैलालीका थारुहरु बताउँछन्।

गोपाल हमालले स्वतन्त्रता तोडेपछि त्यहाँका थारुहरुले भन्न थालेका छन्, ‘थारुहरुले गोपाल हमाल जिताए, गोपाल हमालले कांग्रेस जिताए’। गोपाल हमालको जिताउन केही थारु अगुवाहरु नै लागेको एमालेका एक नेताले बताए। ‘थरुहट र थारु आन्दोलनका पक्षमा नाराबाजी गर्नेहरु नै गोपाल हमाललाई जितएका हुन्। तर थारुलाई भोट दिने बेला उनी कांग्रेसी भइदिए,’ उनले थारुवानसँग भने।

कैलाली जिससमा नागरिक उन्मुक्ति पार्टी र कांग्रेसबीच टक्कर रहेको थियो। नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरीले उम्मेदवारी दिएका थिए भने नेपालीका कांग्रेसबाट पदमबहादुर कलेलले उम्मेदवारी दिएका थिए।




One thought on “‘थारुहरुले गोपाल हमाल जिताए, गोपाल हमालले कांग्रेस जिताए’

Leave a Reply

Your email address will not be published. Required fields are marked *