टीकापुर नगर कार्यपालिकाकाे निर्णय : टीकापुर घटना राजनीतिक हाे, जेलबन्दीकाे रिहाइ गरियाेस्

टीकापुर नगर कार्यपालिकाकाे पहिलाे बैठकले विसं २०७२ सालको टीकापुर घटना राजनीतिक भएकाे निर्णय गरेकाे छ। पहिचानका लागि भएकाे आन्दाेलनकाे क्रममा भएकाे घटनालाई राजनीतिक रूपले समाधान गर्न बैठकले सरकारसँग मागसमेत गरकेो छ।

टीकापुर नगर प्रमुख रामलाल डंगौराले बैठकको निर्णय सुनाउँदै सम्पूर्ण राजबन्दीको रिहाइ र फरार सूचीमा रहेकाहरुको खोजीकार्य गर्न सरकारसँग माग गरिएको बताए। ‘२०७२ सालको टीकापुर घटना राजनीतिक आन्दोलन भएकाले सम्पूर्ण राजबन्दीहरुको रिहाइ र फरार सूचीमा रहेका झुठा मुद्दा लागेकाहरुका हकमा खारेजीका लागि नेपाल सरकारसमक्ष माग गर्ने निर्णय भएको छ,’ उनले भने।

उनले सरकारलाई राजनीतिक घटनालाई राजनीतिक तवरबाट समाधान गर्न सुझावसमेत दिएका छन्। ‘राज्यसँग पहिचानको माग हुँदै गर्दा र आफ्नो अधिकार सुनिश्चित गर्न गरिएको आन्दोलन थियो। यो विशुद्व राज्यसँग भएको माग भएको हुँदा यो राजनीतिक घटना हो। यसलाई राजनीतिक तवरबाट समाधान गर्नुपर्छ,’ उनले भने।




One thought on “टीकापुर नगर कार्यपालिकाकाे निर्णय : टीकापुर घटना राजनीतिक हाे, जेलबन्दीकाे रिहाइ गरियाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *