बाराको कोल्हबीमा रामप्रसाद चौधरी र लक्ष्मी चौधरी निर्वाचित

बारामा सुजता चौधरी र उनको नाबालिक छोराछोरीको हत्या https://www.tharuwan.com/2022/10/12/128083/

बाराको कोल्हबी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ। कांग्रेस उम्मेदवार रामप्रसाद चौधरी ९ हजार १०५ मत ल्याउँदै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी भरतबहादुर भणडारीले ८ हजार ३०७ मत पाए।

त्यस्तै कांग्रेसकै लक्ष्मी कुमारी चौधरी ९ हजार ८८ मत ल्याएर उपप्रमुखमा निर्वाचित भइन्। उनका प्रतिद्वन्द्वी सुनाइना थरुनीले ८ हजार ४८३ मतमात्र ल्याइन्।

कोल्हबीको ११ वडामध्ये एमाले र कांग्रेसले ५-५ वडा र माओवादीले १ वडा जितेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *