बाँकेको डुडुवामा नरेन्द्र चौधरी निर्वाचित

बाँकेको डुडुवा गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा नरेन्द्र चौधरी निर्वाचित भएका छन्। अध्यक्ष पदमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलाल अहिरलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्। उनले ६ हजार २ सय ७२ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पाटी नेपालका भण्डारीलाल अहिरले ५ हजार १ सय २५ मत ल्याएका छन्।

त्यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी साहिदा बानो निर्वाचित भएकी छन्। उनले ५ हजार ८ सय ८४ मत ल्याएर समाजवादी पार्टी (जसापा)की तरन्नुम बानोलाई पराजित गरेकी हुन्। तरन्नुमले ४ हजार ७ सय ५४ मत प्राप्त गरेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *