पर्साको जिराभवानी अध्यक्षमा ३२ वर्षीय युवा अनोज चौधरी निर्वाचित

पर्साको जिराभवानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका ३२ वर्षीय अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी विजयी भएका हुन्।

अनोजले निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष रामपृत महतोलाई १२६१ मतले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अनोजले ४५६० मत ल्याउँदा रामपृतले ३२९९ मत पाएको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए। ०७४ सालको निर्वाचनमा रामपृत २९५९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए।

उपाध्यक्षमा निर्वाचित रेखाले पनि निवर्तमान उपाध्यक्ष उषादेवी थरुनीलाई पराजित गरेकी हुन्। रेखाले उषाले भन्दा १७४५ मत बढी ल्याएकी छन्। उषाले ४७१० मत पाउँदा रेखाले २९६५ मत मात्रै पाएकी छन्। जिराभवानी गाउँपालिकामा ११४९५ मत खसेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *