लमहीको मेयरमा जोगराज चौधरी निर्वाचित

दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगी विजयी भएका हुन्। चौधरी २ हजार ३२ मतान्तरले मेयरमा विजयी भएका छन्। उनले ९ हजार ३ सय १७ मत प्राप्त गरे।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्मा (विक्रान्त)ले ७ हजार २८५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार दण्डीराम चौधरीले ५ हजार ५०३ मत प्राप्त गरेका छन्।

मेयरमा निर्वाचित भएका नेपाली कांग्रेसका चौधरी ०७४ सालको निर्वाचनमा एमालेका कुलबहादुर केसीसँग पराजित भएका थिए।

उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ प्राप्त गरेकी छन् । एमालेकी सुशिला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गरिन् । लमहीमा ९ वडामध्ये ८ वडा वडा कांग्रेसले जितेको छ भने एउटा वडा माओवादी केन्द्रले जितेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *