कञ्चनपुरको बेलौरीमा पाेतीलाल चाैधरी विजयी

कञ्चनपुरको बेलौरी नगरपालिकाकाे प्रमुख पदमा पुनः माओवादीका पाेतीलाल चाैधरी विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार कमला बोहरालाई २०८४ मत अन्तरले पराजित गरेका छन्।

निर्वाचित चाैधरीले ८७८७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी बाेहराले ६८०३ मत ल्याएकी थिइन्। यस्तै कांग्रेस उम्मेदवारले ६३१२ मत ल्याएका थिए।
उपप्रमुखमा भने एमालेका जाेगराम चाैधरीले ७५८३ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी मन्जु शाह ६८३५ मत ल्याएकी छन्। कांग्रेसका खिना भण्डारीले ६६१३ मत ल्याएर तेस्रो भएकी छन्।

नेकपा एकीकृत समाजवादीका नन्द कुमार रानाले उपमेयरमा ७०९ मत ल्याएका छन्।

बेलौरी कांग्रेस नेता दिवान सिंह विष्टको गृहनगर हो। बेलौरीमा कांग्रेस, माओवादी, एमाले र समाजवादी एक्लाएक्लै चुनाव लडेका थिए।

यसअघि २०७४ को निर्वाचनमा पनि माओवादी मेयर र एमाले उपमेयर जितेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *