ताराकुमारी काजी महतो थारुले रचिन् इतिहास, बनिन् माडीको मेयर

चितवनको माडी नगरपालिकाको मेयर पदमा नेकपा एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छन्। ताराले सत्तारूढ गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उम्मेद्वार ऋषिराम काफ्लेलाई पराजित गरेकी हुन्।

उपमेयर पदमा सत्तारूढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खेमराज महतो विजयी भए। माडीका निर्वाचन अधिकृत चुडामणि शर्मा गौतमका अनुसार ताराले ९ हजार ९०१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ऋषिराम काफ्लेले सात हजार ७२९ मत ल्याए। ताराकुमारी काजी महतो यसअघि माडी नगरपालिकाको उपमेयर थिइन्।

त्यसै गरी उपमेयरमा विजयी खेमराज महतोले ६ हजार ८३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन पौडेलले पाँच हजार १०४ र स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद पौडेलले तीन हजार ८६ मत ल्याएको निर्वाचन अधिकृत चुडामणि शर्माले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *