रामजनम चौधरीको वडामा रेशमको पार्टीबाट अर्का रामजनम चौधरी विजयी

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामजनम चौधरीको प्रभाव क्षेत्रमा रेशम चौधरीको पार्टीबाट अर्का रामजनमको उदय भएको छ। पूर्वमन्त्री चौधरीको घर रहेको जोशीपुर गाउँपालिका-४ को वडाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीबाट रामजनम चौधरी निर्वाचित भएका छन्।

कांग्रेसका उम्मेदवार लखन लाल चौधरीलाई पराजित गर्दै रामजन चौधरी प्यानलसहित विजयी भएका हुन्। २०७४ को स्थानीय तहको निर्वाचनमा जोशीपुरमा कांग्रेसले जितेको थियो।

यसपटक कांग्रेसले अहिलेसम्म वडा पनि जित्न सकेको छैन। वडा १, ३ र ४ वडामा नागरिक उन्मुक्ति पार्टी विजयी भइसकेको छ भने वडा २ जनता समाजवादी पार्टीले जितेको छ।

चौधरीले एक हजार ४३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ५९९ मत प्राप्त गरे। ८३५ मतान्तरले विजयी भइ नागरिक उन्मुक्तिका चौधरी रामजनम चौधरीको प्रभाव क्षेत्रमा नयाँ शक्तिको रुपमा उदय भएको छ। सोही गाउँपालिकाको वडा ५ मा कांग्रेसकै अर्का नेता एवं पूर्वमन्त्री जनकराज चौधरीको घर छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *