बाराको करैयामाईमा निवर्तमान अध्यक्ष कांग्रेसका भुनेश्वर धामी थारु पराजित

स्थानीय तह निर्वाचनमा बाराको करैयामाई गाउँपालिकामा निवर्तमान अध्यक्ष कांग्रेसका भुनेश्वर धामी थारु पराजित भएका छन्। करैयामाईमा जनता समाजवादी पार्टी विजयी भएको छ। जसपका उम्मेदवार शम्भुप्रसाद यादवले ५,५९८ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी धामीले ३,४०० मत ल्याए।

त्यस्तै उपाध्यक्षमा ५ हजार ४३९ मतसहित सुनैनाकुमारी चौधरी विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चित्ररेखाकुमारी चौधरीले ३ हजार १ सय७२ मत ल्याएकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *