कञ्चनपुरमा दुई पालिका अध्यक्षमा राना थारुका उम्मेदवार विजयी

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार निर्मल रानाले चार हजार ५१६ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मदनसेन बडायकले दुई हजार ८५८ मत प्राप्त गरे।

यसअघिको निर्वाचनमा माओवादबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए।

त्यसैगरी उपाध्यक्षमा नेकपा (एमाले)कै उम्मेदवार सपना चौधरी राना निर्वाचित भइन्। उनले तीन हजार ५६१ मत प्राप्त गरिन् भने उकांग्रेसकी राधा रानाले तीन हजार ४९३ मत पाइन्।

त्यस्तै कञ्चनपुरकै बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हरिचन्द्र राना निर्वाचित भएका छन्। उनले ४ हजार १०३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नकेपा एमालेका अक्कलबहादुर विष्टले २ हजार ३०१ मतमात्रै ल्याए।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै शान्ती नाथ निर्वाचित भएइन्। उनले ३ हजार ६७३ मत ल्याइन् भने प्रतिस्पर्धी नेकपा एमालेकी फुल देवी नरानाले ३ हजार २२७ मत प्राप्त गरिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *