राजपुरमा थारु उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

बर्दियाको राजापुर नगरपालिकामा प्रमुख पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। थारु बाहुल्य नगरपालिकामा पूर्वसांसददेखि स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार वैशाख ३० गते हुने चुनावमा माओवादी केन्द्रबाट प्रदेश सांसद दीपेश थारुले उम्मेदवारी दिएका छन्।

त्यस्तै नेकपा एमालेबाट पहारी चौधरी, नेपाली कांग्रेसबाट दीपक जंग शाह, नागरिक उन्मुक्ति पार्टीबाट राम गोपाल चौधरी र स्वतन्त्रबाट जसपाका पूर्वजिल्ला अध्यक्ष मोहनलाल चौधरीले उम्मेदवारी दिएका छन्।

त्यस्तै उपप्रमुखमा माओवादीबाट हालकमा उपप्रमुख मनकला कुमारी चौधरी, कांग्रेसबाट यसोदा थारु, एमालेबाट सावित्री शर्मा बख्रेल र नागरिक उन्मुक्ति पार्टीबाट संगीता चौधरीले उम्मेदवारी दिएका छन्।

राजापुर क्षेत्र कांग्रेस र माओवादी मुख्य क्षेत्र भए पनि थारु बाहुल्य भएकाले थारु उम्मेदवारबीच प्रमुख प्रतिस्पर्धा हुने बताइएको छ। माओवादीका दीपेश थारु र एमालेका पहारी चौधरीबीच प्रतिस्पर्धा हुँदा स्वतन्त्र उम्मेदवार महोन लाल चौधरीले पनि कडा दाबेदारी प्रस्तुत गरेका छन्।

उनले राजापुरमा शिक्षा क्षेत्रलाई विशेष जोड दिने बताएका छन्। त्यसका लागि अंग्रेजी र प्रविधिक शिक्षालाई अनिवार्य बनाउने, छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए।

त्यस्तै राजापुरलाई पर्यटन क्षेत्रको रुपमा विकास गरेर हजारौं पर्यटक भित्र्याउने प्रतिवद्धता मोहनलाल चौधरीको छ। त्यस्तै कृषि क्षेत्रलाई पनि विशेष प्याकेजको रुपमा विकास गर्ने उनको लक्ष्य छ।

त्यस्तै प्रमुख दाबेदार दीपेश थारु र पहारी चौधरीले पनि राजापुरको समग्र विकासका निम्ति लागिपर्ने बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *