जोशीपुरमा जनकराज चौधरीकी श्रीमती कांग्रेसबाट उपाध्यक्षका उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका उपसभापति एवं पूर्वसांसद जनकराज चौधरीकी श्रीमती किरन चौधरी कैलालीको जोशीपुर गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार रहेका छन्।

अघिल्लो स्थानीय निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट पनि उपाध्यक्षको उम्मेदवार बनेकी किरन चौधरी पराजित भएकी थिइन्। उनी कांग्रेसको गीता कठरियासँग करिब साढे दुई बढी मतले पराजित भएकी थिइन्।
जनकराज चौधरीले नागरिक उन्मुक्ति पार्टीलाई फटाहाहरुको पार्टी भनेपछि सामाजिक सञ्जालमा उनको विरोध भएको थियो।

जोशीपुरमा नेपाली कांग्रेसबाट अध्यक्षमा बन्सराम बडायक र उपाध्यक्षमा किरन चौधरीको उम्मेदवारी परेको छ भने नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्षमा चित्रबहादुर चौधरी र उपाध्यक्षमा रेखा देवी कठररियाको उम्मेदवारी परेको छ।

त्यस्तैएमालेबाट केशरबहादुर डंगौरा अध्यक्षमा र रम्भा देवी भुल उपाध्यक्षमा, अनिता देवी चौधरी नेपाल लोकतान्त्रिक पार्टीबाट अध्यक्षमा उम्मेदवारी दिँदा जनता समाजवादी पार्टीबाट अध्यक्षमा चन्द्रप्रकाश चौधरी र उपाध्यक्षमा हेमा कुश्मीले उम्मेदवारी दिएका छन्।

जोशीपुरमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबीच प्रतिस्पर्धा रहेको बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *