स्थानीय निर्वाचनमा वडाध्यक्षदेखि उपमेयरका आकांक्षी बनेका थारु कलाकारहरु

आसन्न स्थानीय तह निर्वाचनमा थारु कलाकारहरु पनि होमिएका छन्। चम्पन साँस्कृतिक समूहमार्फत् थारु कला क्षेत्रमा योगदान पुर्‍याउँदै आएका नन्दुराज चौधरी दाङको राप्ति गाउँपालिका वडा ४ मा अध्यक्षको उम्मेदवारी दिएका छन्। उनले नेकपा एमालेबाट वडाध्यक्षका आकांक्षी बनेका हुन्।

थारु कला सँस्कृतिलाई राज्यबाट संरक्षण तथा प्रवर्द्धन गराउन राजनीतिमा लागेको उनको भनाइ छ। उनले आफ्नो वडाका समस्याहरुलाई समाधान गर्ने, उनले समाजमा रहेको कूरीति हटाउने र गाउँहरुलाई समृद्धिको बाटोमा डोर्‍याउन आफूले वडाको नेतृत्व लिएको उनले बताए।

त्यस्तै थरुहट आन्दोलनकी नेतृ एवं गायिकासमेत रहेकी सोमती चौधरी बाँसगढी नगरपालिमा उपप्रमुख पदमा उम्मेदवारी दिएकी छन्। उनी नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी हुन्।

त्यस्तै गायक खेम चौधरी कपिलवस्तुमा उम्मेदवार बनेका छन्। उनले वाणगंगा नगरपालिकाको वडा २ मा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले ऐतिहासिक स्थानहरुको संरक्षण गर्ने, भ्रष्टाचारमुक्त वडा बनाउन, परम्परागत सिप, साँस्कृतिक एवं प्रविधि तथा कला कौशलको संरक्षण गर्ने प्रतिवद्धता लिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *