राजापुर वडा ५ मा अब्बल युवा नेताको उम्मेदवारी

बर्दियाको राजापुर नगरपालिका थारु बाहुल्य क्षेत्र हो। त्यही थारु बाहुल्य क्षेत्र राजापुर वडा-५ मा युवा नेता रमेश चौधरीले उम्मेदवारी दिएका छन्। राजापुर नगर विकासका लागि युवाहरुको भूमिका अपरिहार्य रहेको भन्दै उनले आसन्न स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका हुन्।

तर, प्राविधिकरुपमा उनको उम्मेदवारी स्वतन्त्र हुन पुगेको छ। पार्टीले आधिकारित उम्मेदवारको रुपमा उनलाई उभ्याए पनि उनीविरुद्ध पहिल्यै बागी परेको हुँदा निर्वाचन आयोगले उनलाई स्वतन्त्र उम्मेदवारको रुपमा उभ्याएको छ।

‘पार्टीले मलाई आधिकारित उम्मेदवार बनाएको हो। तर केही व्यक्तिले मभन्दा पहिल्यै पार्टीको नामबाट उम्मेदवारी दिएकाले पार्टीको भुनावभन्दा बाहिरी चुनाव चिन्हमा चुनाव लड्नुपरेको छ,’ उनले भने। निर्वाचन कार्यालयले रमेशलाई खरायो चुनाव चिन्ह प्रदान गरेको छ। नयाँ चुनाव चिन्हबाट जाँदा उनीमाथि चुनौति पनि थपिएको छ। तर राजापुरको वडा ५ माओवादी बाहुल्य रहेको उनको दाबी छ।

‘वडा ५ माओ‌वादी बाहुल्य क्षेत्र हो। यतिबेला हामी घर घर पुगेर कसरी मत हाल्ने भनेर सिकाइरहेका छौं। हामीले सबैलाई प्रमुख र उपप्रमुखमा हसिया हथौडा र बाँकी सबैमा खरायो चिन्हमा मतदान गर्न अपील गरेका छौं,’ उनले भने।

उनले राजापुरको समग्र विकास, थारु जातिको पहिचान, भाषा, सँस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्न आफ्नो प्रमुख भूमिका रहने बताए। राजापुर कृषि उपज क्षेत्र रहेको र हरेक वर्ष प्राकृतिक विपत्तिको समेत सामना गर्नु परिरहेको राजापुरबासीलाई ती समस्या समाधानका निम्ति आफू खट्ने उनले बताए।

बागी उम्‍मेदवार रहेका रामबहादुर थारुको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ। माओवादी केन्द्रको पत्रपछि निर्वाचन अधिकृतको कार्यालयले थारुको उम्मेदवारी खारेज गरेको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *