चितवनको खैरहनीमा ५९ जना थारुको प्रतिस्पर्धा

चितवन : थारु समुदायको बाहुल्यता रहेको चितवनको खैरहनी नगरपालिकाको वैशाख ३० गते हुने स्थानीय चुनावमा विभिन्न दलहरुले कूल ५९ जना थारु समुदायका उम्मेदवार उठाएका छन्। नेकपा एमालेको सबैभन्दा धेरै थारु उम्मेदवार रहेका छन्।

नगरप्रमुखसहित १९ जनाले थारुले एमालेको तर्फबाट उम्मेदवारी दिएका छन्। लालमणि चौधरीले नगरप्रमुख पदमा दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएका छन् भने ५ जनाले वडाअध्यक्षमा र १३ जनाले वडासदस्यमा उम्मेदवारी दिएका छन्।

वडा नं. ७ मा मनेजर महतो वडा नं. ८ मा शान्ति कुमारी चौधरी वडा नं. ९ मा बन्धुराम चौधरी वडा नं. १० मा कारीराम चौधरी र वडा नं. १२ मा कृष्णलाल चौधरीले एमालेको तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

नेपाली कांग्रेसले २ जना वडा अध्यक्ष र १३ जना वडासदस्य गरी १५ जना थारु उम्मेदवार उठाएका छन्। वडा नं. ७ मा किरण चौधरी र वडा नं. १० मा चन्द्र विक्रम चौधरीले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ जना वडाअध्यक्ष र ५ जना वडासदस्य पदमा उम्मेदवार उठाएका छन्। वडा नं. ५ बाट देवेन्द्र चौधरी, वडा नं. ६ बाट यसरमिया चौधरी, वडा नं. ७ बाट गीता चौधरी, वडा नं. ९ बाट सुशील कुमार चौधरी र वडा नं. १३ बाट भोला प्रसाद चौधरीले उम्मेदवारी दिएका छन्।

माओवादी केन्द्रले एक जना वडाअध्यक्ष र ६ जना वडासदस्य गरी ७ जनालाई बनाएका छन्। वडा नं. १० मा रामेश्वर चौधरीले माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

नेकपा एकीकृत समाजवादीले ५ जनालाई वडासदस्य पदमा उठाएका छन्। त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एकजनाले वडाअध्यक्षमा उम्मेदवारी दिएका छन्। रिखीराम चौधरीले वडा नं. १० को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

स्वतन्त्रबाट एक जनाले वडासदस्य पदमा उम्मेदवार दिएका छन्। उपप्रमुख पदमा रामेश्वर प्रसाद चौधरीले स्वतन्त्र उम्मेदवार दिएका छन्। पछिल्लो समयमा उनले गठबन्धनको उम्मेदवारलाई समर्थन जनाएका छन्। खैरहनी नगरपालिकामा १३ वडाहरु रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *