रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण छैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई बिना कारण जेलमा राखेको बताएका छन्। कैलालीमा आयोजित चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै उनले सरकार नढलेको भए उक्त समस्या समाधान भइसक्ने बताए।

‘यहाँका थारु नेता जेलमै छन्। अनेकौं हजार मान्छे मरे, जेलमा हुनुपरेन। यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर,’ ओलीले भने, ‘रेशम चौधरी त्यसबेला यहाँ थिएनन्, उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन।’

उनले समस्या समाधानका लागि आफूले थारु अगु्वाहरुलाई बोलाएर सहमति गरेको बताए। ‘मैले थारु समुदायका नेताहरुसँग ६ बुँदे सम्झौता गरेर ती समस्याहरु समाधान गर्छु भनेर प्रतिबद्धता जनाएको थिएँ। तर सरकार गयो।’

उनले अहिलेको सरकार दस महिना वितिसक्दा समे समस्याको समाधान नगरेको आरोप लगाए। ‘अहिलेको सरकार भोटको राजनीति गर्छ, समस्या समाधान गर्दैन,’ उनले भने।

उनले आफू सरकारमा रहँदा थारु कल्याणकारिणी सभालाई बोलाएर सहमति गरेको बताए। त्यसबेला गृहमन्त्री रामबहादुर थापा थारुहरुले धर्ना दिएकै ठाउँमा माग पूरा गर्न पलेटी कसेर समर्थन जनाएका थिए।




2 thoughts on “रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण छैन : केपी ओली

  1. You will never be in favour of Tharus.We know it very well ! They have been trying to deceive the Tharu people .. and what have they been watching for 3 years ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *