थारु युवा चन्दन चौधरीले लहान नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिने

थारु समुदायका युवा चन्दन चौधरीले सिरहाको लहान नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। उनले आफू २९ वर्ष पार गर्दैगर्दा पनि लहानको अनुहार परिवर्तन नभएकाले लहानलाई जिताउनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए।

‘मेरो उम्मेदवारी कसैलाई हराउनुभन्दा पनि लहानलाई जिताउन केन्द्रीत रहन्छ। अहिलेसम्म धेरै हेरेँ, धेरै देखेँ र लामो समयको मनन पश्चात् म आफैँ यो निर्णयमा पुगेको छु। आशा छ सम्पुर्ण नगरबासीले मेरो यो निर्णयलाई सम्मान गरिदिनु हुनेछ,’ उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘यसपाली हाम्रोलाई होइन, राम्रोलाई भोट दिएर नगरको भविष्य उज्ज्वल बनाउनु हुनेछ। म तपाइँको घर आँगनमा छिट्टै आउनेछु र १/२ दिनमै मेरा एजेण्डा र घोषणाहरु तपाईँहरु माझ राख्नेछु।’

चौधरीले लेखेका छन्-
मैले मेरो जिवनको २९ औं बसन्त पार गरीरहँदा मेरो नगर लहानले कयौं मेयरहरु पाइसकेको छ तर न लहानको अनुहार परिवर्तन भयो न त हाम्रो घर समाज कै। अबको केहि दिनमा फेरी पनि लहानले मेयरमा अर्को नयाँ अनुहार पाउदैछ। यो पटक हामिले हाम्रो मतको सदुपयोग गर्नुपर्ने छ। अहिले सम्म केहि सिण्डिकेटधारी पार्टिहरुको बिरासत यहाँका जनातामा थुपारेर उनिहरुले आफ्नो जिवन त परिवर्तन गरे तर जनताको जिवन जहाँको त्यहिँ रह्यो। तसर्थ पार्टी भन्दा माथी हाम्रो नगर रहनु पर्छ भन्ने मान्यता अनुरुप लहान नगरपालिकाको मेयर पदमा मैले स्वतन्त्र उमेद्वारी दिने निर्णयमा पुगेको छु।

मेरो उम्मेद्वारी कसैलाई हराउनु भन्दा लहानलाई जिताउन केन्दृत रहनेछ। अहिले सम्म धेरै हेरें, धेरै देखें र लामो समयको मनन पश्चात म आफै यो निर्णयमा पुगेको छु। आशा छ सम्पुर्ण नगरवासिले मेरो यो निर्णयलाई सम्मान गरिदिनु हुनेछ र यो पाली हाम्रोलाई हैन राम्रो लाई भोट दिएर नगरको भबिश्य उज्ज्वल बनाउनु हुनेछ। म तपाइँको घर आँगनमा छिट्टै आउनेछु र १/२ दिनमा नै मेरा आफ्ना एजेण्डा र घोषणाहरु तपाईंहरु माझ राख्नेछु। म फेरी पनि भन्छु, अहिले सम्म हामिले धेरै पार्टीहरुलाई हेर्यौँ अब यो पटक हामी हाम्रो नगरलाई जिताउँ। हामिले नगरे कस्ले? अहिले नगरे कहिले?

हाम्रो मतले कसैलाइ राजा बनाउने होइन। जनता भन्दा माथी मेयर पद कहिले हुनै सक्दैन र हुनु हुदैन। अहिले सम्म तपाइ हामिले जिताएर पठाएका प्रतिनिधिहरु हामी नगरबासी प्रती बफादार छन त? तपाइ हाम्रो दुख सुखमा उनिहरु कहिले हामी सङ्ग छन त ? के ऐनामा हेर्दा उनिहरु तपाइ हामी जनता जस्तै प्रतिबिम्बित हुन्छन? उनिहरुको राजसी छाटकाट देख्दा तपाइलाइ रिस उठ्दैन? अब पनी उनिहरुको भाषणमा ताली बजाएर बस्ने? उनिहरुलाइ फुलमाला लगाउने? यो सबै प्रबृतिको अब हामिले प्रतिकार गर्नैपर्दछ। यसर्थ पनी यि सबै बिकृतीहरुलाइ चिर्न मैले मेरो स्वतन्त्र उमेद्वारी घोषणा गरेको छु। अबको पाँच बर्ष म जनताको असली पहरेदार बनेर तपाइँहरुको दुख सुखमा सँगै हुन चाहन्छु र मेरो नगरलाइ देश कै उदारणिय नगर बनाउन चाहन्छु।

तपाइँहरुको पुर्ण समर्थनको आशासहित…
चन्दन चौधरी
नगर प्रमुखको उम्मेद्वार
लहान नगरपालिका, सिरहा, नेपाल




Leave a Reply

Your email address will not be published. Required fields are marked *