द्वारिकलाल चौधरीलाई पुनः मेयरमा उम्मेदवार बनाउन एमालेको सिफारिस

टहरीका मेयर द्वारिकलाल चौधरीलाई एमालेले पुनः उम्मेद्वार सिफारिस गरेको छ । यसअघि एमाले इटहरी नगरसमितिले सिफारिस गरेको नाममा द्वारिकलालको नाम थिएन । प्रदेश समितिको सचिवालय बैठकले उनको नाम पुनः समावेश गर्न आग्रह गरेपछि उनको नाम समावेश भएको एमाले स्रोतले जनाएको छ ।

यसअघि सिफारिस भएका नामहरूमा एमालेका केन्द्रीय सदस्य तैयाब हुसेन, लक्ष्मी गौतम, अमृता सुब्बा, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, जिल्ला सदस्य तथा नगर अध्यक्ष यामकुमार सुब्बा र जिल्ला सदस्य रेवती घिमिरे रहेका थिए ।

उपमेयरमा पनि ६ जनाको नाम पछि थप भएको छ । यसअघि अम्बिका चौधरी, गायत्री चौधरी, कमला श्रेष्ठ र संगीता चौधरीको नाम थियो । पछि थप भएका नामहरूमा अमला श्रेष्ठ, विष्णु शर्मा ‘नेपाल’, अनिता शर्मा, रामचरण चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेल रहेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *