फोनिज वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी चयन

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को चितवनमा सम्पन्न सातौं संघीय महाधिवेशनले गजुरधन राईको अध्यक्षतामा नयाँ नेतृत्वमा चयन गरेको छ। महाधिवेशनले अध्यक्ष, महासचिवलगायतका केही पद निर्विरोध चयन गरेको छ। केही उपाध्यक्ष, सचिवलगायतका पदहरूमा मतदानमार्फत नेतृत्व चयन गरेको छ।

वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी‚ उपाध्यक्ष (खुला) अमरध्वज लामा‚ उपाध्यक्ष (संस्थागत) जगत दोङ‚ उपाध्यक्ष (महिला) सुरू राना र उपाध्यक्ष (अल्पसंख्यक) कमन देवान निर्वाचित भएका छन्।

यस्तै‚ महासचिव मिलन लिम्बू‚ सचिव (खुला) बुद्धवीर बाहिङ राई‚ सचिव (खुला) समीर बलामी‚ सचिव (खुला) विश्वराज तामाङ‚ सचिव (महिला) अञ्जना शिल्पकार‚ सचिव (संस्थागत) छेटु शेर्पा र सचिव (अल्पसंख्यक) यमन दनुवार रहेका छन्।

संस्थागततर्फका केन्द्रीय सदस्यहरूमा भक्तशेर लिम्बू, निरज पिठाकोटे, यमबहादुर गाहा, बुद्धिमान पुन मगर, भीमबहादुर चौधरी, देवेन्द्र खापुङ, निम्लेकी शेर्पा, सुनिल महर्जन, सन्तकुमार चौधरी, चित्रबहादुर गुरुङ, नेत्र तामाङ र प्रकाश राई चयन भएका छन्।

खुला सदस्यहरूमा बुद्ध योन्जन, हर्कबहादुर घर्ती, लोकेश लिबाङ, गजेन्द्र राई, कमलसिं थारू मतदानबाट निर्वाचित भएका छन्। महिलामा सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सुजता लिम्बू, मञ्जु श्रेष्ठ, बिना राई, रोषणी कुँवर सर्वसम्मत चयन भएका छन्।

अल्पसंख्याक केन्द्रीय सदस्यमा विदुर खवास र उद्धव चेपाङ चयन भएका छन्। लेखा समिति संयोजकमा चन्द्र पन्दाक लिम्बू र सदस्यहरूमा उर्मिला गम्बा थारु र भकेन्द्र लावती विजयी भएका छन्।

कोषाध्यक्ष चित्रबहादुर गुरुङ (लाला) र सहकोषाध्यक्ष सञ्चु ब्लोन निर्वाचित भएका छन्। महाधिवेशन चैत ६ देखि ८ गतेसम्म भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *