इन्जिनियर्स एशोसियसनको कोषाध्यक्षमा श्याम नारायण चौधरीको उम्मेदवारी

नेपाल इन्जिनियर्स एशोसियसनको ३३औं कार्यकारिणी समितिको निर्वाचनमा सप्तरीका श्याम नारायण चौधरीले उम्मेदवारी दिएका छन्। एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट उनले केन्द्रीय कोषाध्यक्षको पदमा उम्मेदवारी दिएका हुन्।

उनले खोप कलेजबाट सिभिल इन्जिनियरमा स्नातक गरेका छन् भने पुल्चोक इन्जिनियरिङ कलेजबाट उर्बान प्लानिङमा स्नात्तकोत्तर गरेका छन्।

गोल्डेन इन्जिनियरिङ कन्सल्टेन्सीको कार्यकारी निर्देशक रहेका उनले सहरी योजनाअन्तर्गतका प्रोजेक्टहरुमा एक्सपर्ट र कल्स्लट्यान्टको रुपमा कार्यरत छन्। इन्जिनियरिङ पेशाको हकहित र सामाजिक मर्यादा कायम गर्न, नयाँ इन्जिनियरहरुलाई जागिर ग्यारेन्टी गर्न, इन्जिनियरहरुलाई न्युनतम तलब उपलब्ध गराउन, स्थानीय तहका खटिएका इन्जिनियरहरुको समस्या समाधान गर्न र अनलाइन भोटिङको व्यवस्था मिलाउनलाई उम्मेदवारी दिएको उनले बताए।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *