मल ल्याउन भारतसँग गरियो जीटूजी सम्झाैता

युरिया र डीएपी मल आपूर्तिका लागि नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। जीटूजी व्यस्थामार्फत् भारतबाट नेपालतर्फ युरिया र डीएपी मलको दीर्घकालीन आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।

भर्चुअलरुपमा आयोजित कार्यक्रममा भारतका तर्फबाट रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको पनि उपस्थित रहेको थियो। भारतीय पक्षबाट बोल्दै मन्त्रालयका सचिव चतुर्वेदीले भारत र नेपालबीचको निकट एवं बहुपक्षीय सम्बन्धको चर्चा गरे। उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्‍याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा गरे।

दुई पक्षबीच भएको समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ। यो समझदारी पत्र भारत र नेपालबीचको द्विपक्षीय आर्थिक सहकार्यमा अर्को कोसेढुंगाको रुपमा रहको र यसले भारतले नेपाललाई दिएको प्राथमिकतालाई पनि प्रतिबिम्बित गर्ने भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *