मोटरसाइकलको ठक्करबाट पटहरी थारुको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिका-११ ओदारीमा सोमबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय पटहरी थारु रहेका छन्। लु४प ४३४६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थारुको उपचारको क्रममा बुटवल स्थित क्रिमशन अस्पतालमा सोमबार राती साढे ९ बजे मृत्यु भएको हो।

जितपुरबाट तौलिहवातर्फ जाँदै गरेको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *