चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

टेलिफोन कल बाइपास गरेको तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७ जना नयाँ बानेश्वरबाट पक्राउ परेका छन्। सोमबार राति नयाँ बानेश्वरबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ। अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरका एसपी  दीनेशराज मैनालीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *