एमसीसी संसदको विषय बन्न पाउनुपर्छ : योगेन्द्र चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले एमसीसी नेपालको हितमा छ-छैन भन्ने कुरा संसदको विषय बन्न पाउनुपर्ने बताएका छन्। अमेरिकी सहायता परियोजना एमसीसी बुधबार संसदमा टेबल नभएपछि कांग्रेस नेता चौधरीले यस्तो बताएका हुन्।

उनले एमसीसी एमाले अध्यक्ष केपी शर्मा ओलीकै पालामा संसदमा टेबल भएको र त्यसका साझेदारहरु माओवादी, माधव नेपाल र जसपासमेत रहेको स्मरण गराउँदै उग्र राष्ट्रवादको नारा लगाएर जनतालाई भ्रममा पार्नु राजनीतिक बेइमानी भएको बताए।

‘एमसीसी नेपालको र आमनेपाली जनताको हितमा छ कि विरुद्धमा छ संसदको विषय बन्न पाउनुपर्छ। केपी ओलीजीको नेतृत्वमा रहेको सरकार जसमा माओवादी, माधव नेपाल र जसपा पनि सरकारमा थिए। जुन बेला नेपाली कांग्रेस विपक्षी दल थियो, त्योबेला संसदबाट अनुमोदनको लागि संसदमा टेबल भएको थियो। तर आज जुन-जुन दल संसदबाट अनुमोदन गर्नका लागि संसदमा टेबल गरेको थियो, तिनै दल आज उग्र राष्ट्रवादको नारा लगाउँदै जनतालाई सडकमा उतारेका छन्। यो कस्तो घिनलाग्दो राष्ट्रवाद हो?,’ उनले प्रश्न गरेका छन्, ‘आफू सत्तामा हुँदा राष्ट्रवादी हुने र सत्ता बाहिर हुँदा राष्टघाति हुने? यस विषयमा पर्याप्त छलफल सार्वभौम संसदमा छलफल होस् र निर्नायार्थ पेस हुन पाउनुपर्छ। यथार्थ के हो? नेपाली जनताले थाहा पाउनुपर्छ। भ्रामक कुरा गरेर जनतालाई गुमराहमा राख्ने काम अपराध हो। राजनीतिक बेइमानी हो।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *