कविता महोत्सवमा जुनु थारु र सावित्री चौधरीको कविता छनोट

नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ का लागि ४० भाषाका ४६ वटा कविता छनोट गरेको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का अवसरमा ९ फागुनमा प्रतिष्ठानले आयोजना गर्न लागेको कविता महोत्सवको लागि कविता आह्वान गरेको थियो। थारुमा दाङका जुनु थारु र चितवनका सावित्री चौधरीको कविता परेको छ।

प्रतिष्ठानलाई ४० भाषाका ९७ ओटा कविताहरू प्राप्त भएको थियो, त्यसमध्ये कविता छनोट उपसमितिबाट ४६ जना कविका कविताहरू छनोट भएको हो। महोत्सवका लागि प्रतिष्ठानले अछामी, अठार मगर खाम, अवधी , उर्दु, उराँव, केवरत, खस, गुरुङ, घले, चाम्लिङ राई, जिरेल, डोटेली, ढुट मगर, ताजपुरिया, तामाङ, तीन गाउँले थकाली, थामी, थारु डङ्गौरा, थारु मध्य ‘चितवनीया’, थुलुङ, दनुवार, दुरा, देवास राई, धिमाल, नाछिरिङ, नेपाल भाषा, बज्जिका, वान्तवा राई, वायुङ राई, भोजपुरी, मगही, मेचे, मैथिली, राजवंशी, वाम्बुले राई, शेर्पा, सन्थाली, सुनुवार, संस्कृत र हायु भाषाका कविता छनौट गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *