बेइजिङ ओलम्पिकको विरोधमा उत्रिए उइघुर र तिब्बती नागरिक

चीनले शीतकालीन बेइजिङ ओलम्पिक्स २०२२ को आयोजना गरिरहँदा उइघुर समुदाय र तिब्बती नागरिकले भने त्यसको विरोधमा प्रदर्शन गरिरहेका छन्। शीतकालीन ओलम्पिक्स बहिष्कार गर्नुपर्ने भन्दै चिनियाँ मुस्लिम अल्पसंख्यक उइघुर र तिब्बती नागरिकले विभिन्न क्षेत्रबाट विरोध प्रदर्शन गरेका हुन्।

उक्त समूहहरुले बल्जियमको डिक्समुडेमा चीन र चीनको शीतकालीन ओलम्पिक्सविरुद्ध एकसाथ विरोध प्रदर्शन गरेका हुन्। चीनले मानवअधिकारको उल्लंघन गर्दै आएकोले बेइजिङ ओलम्पिक्सको बहिष्कार गर्न विश्वका विभिन्न मुलुकलाई आह्वानसमेत गरेका छन्।

प्रदर्शनकारीहरुले प्रदर्शनको क्रममा हातमा ब्यानर र पम्प्लेट बोकेका थिए। उइघुरहरुले आफूले तिब्बती नागरिकसँगको सहकार्यमा सो विरोध कार्यक्रम आयोजना गरेको बताएका छन्। मानव जिवनभन्दा बहुमूल्य खेलकुद पदक हुन नसक्ने प्रदर्शनकारीहरुको भनाइ छ। चीनले खेलकुदमार्फत् नरसंहार निम्त्याएको भन्दै त्यसविरुद्ध विश्व जागरुक हुनुपर्ने उनीहरुले बताएका छन्। शीतकालीन बेइजिङ ओलम्पिक्स आगामी फेब्रुअरी ४ देखि राजधानी बेइजिङमा आधिकारिकरुपमा सुरु हुँदैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *