भारतले विश्वको सबैभन्दा ठूलो खाद्य वितरण कार्यक्रम सञ्चालन गर्ने

संसदको बजेट अधिवेशन आज अर्थात सोमबारदेखि सुरु भएको छ। राष्ट्रपति रामनाथ कोविन्दको भाषणबाट शुरु भयो। संसदका दुवै सदनलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट यस अवधिमा सञ्चालित योजनाका बारेमा जानकारी दिए। उनको भाषणमा किसान, महिलादेखि तीन तलाकसम्मका मुद्दाहरू समावेश थिए। राष्ट्रपतिले स्वतन्त्रताका संग्रामीहरूलाई अभिवादन गर्दै सम्बोधनको शुरुवात गरे। त्यसपछि उनले कोरोनाको समयमा सरकारले बनाएको खोप र स्वास्थ्य योजनाका बारेमा जानकारी दिए।

‘म देशका लाखौं स्वतन्त्रता सेनानीहरूलाई नमन गर्दछु, जसले आफ्नो कर्तव्यलाई उच्च प्राथमिकता दिए र भारतलाई यसको अधिकार दिए। स्वतन्त्रताको ७५ वर्षमा देशको विकासमा योगदान पुर्याउने सम्पूर्ण महान व्यक्तित्वहरूलाई पनि श्रद्धापूर्वक सम्झन्छु। सरकार र नागरिकबीचको यो आपसी विश्वास, समन्वय र सहकार्य लोकतन्त्रको शक्तिको अभूतपूर्व उदाहरण हो। यसका लागि म देशका हरेक स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्ने प्रत्येक देशवासीलाई बधाई दिन्छु’, राष्ट्रपतिले आफ्नो भाशंमा भनेl उनले भने, ‘माननीय सदस्यहरू, मेरो सरकार सबका साथ, सबका विकासको आधारमा बलियो भारत निर्माणको दिशामा अघि बढिरहेको छ। कोरोना महामारीले विश्वलाई नै असर गरेको छ, यस्तो अवस्थामा हाम्रो सरकार र नागरिकबीच आपसी विश्वास निर्माण भइरहेको छ। हामीले एक वर्षभन्दा कम अवधिमा १५० करोडभन्दा बढी खोपको रेकर्ड कायम गरेका छौं। यो अभियानको सफलताले नागरिकलाई यस्तो सुरक्षात्मक कवच दिएको छ, जसले उनीहरुको सुरक्षामा बृद्धि गर्नुका साथै मनोबल पनि बढाएको छ। देशमा ७०% भन्दा बढी मानिसहरूले एक खुराक लिएका छन्।’

खोप कार्यक्रममा यसै महिना १५ वर्षभन्दा माथिका किशोर-किशोरीहरुलाई पनि खोप दिइरहेको उनले बताएका छन्। उनले भने, ‘सावधानीको खुराक पनि दिइन्छ। हाल देशमा ८ वटा खोप दिइँदैछ। भारतमा बनेको खोप विश्वभर प्रयोग भइरहेको छ। मेरो सरकारले दूरदर्शी समाधान खोजिरहेको छ। प्रधानमन्त्री आयुष्मान स्वास्थ्य मिशनको सहयोगमा ८० हजार भन्दा बढी स्वास्थ्य र कल्याण केन्द्रहरू खोलिएका छन्। सरकारले ८ हजारभन्दा बढी जनऔषधी केन्द्र स्थापना गरेको छ, जुन ठूलो कदम हो। भारतीय फार्मा कम्पनीका उत्पादनहरू १८० देशमा पुगेका छन्। सरकारले गरेको प्रयासका कारण देशमा योग र आयुष उत्पादनको माग बढ्दै गएको छ। विश्वको पहिलो डब्ल्युएचओ सेन्टर अफ ट्रेडिशनल मेडिकल हेल्थ भारतमा शुरु हुँदैछ।’ राष्ट्रपतिले देशका संविधान निर्माता बाबासाहेब भीमराव अम्बेडकरलाई स्मरण गर्दै भने, ‘मेरो सरकारले बाबासाहबको भनाइलाई आफ्नो मूल मन्त्र मान्छ। भारतको यो भावना हालका वर्षहरूमा प्रस्ट देखिन्छ।’

‘माननीय सदस्यगण, कोरोनाको यस युगमा हामीले ठूला देशमा खाद्यान्नको त्रासदी देखेका छौं, तर हाम्रो सरकारले त्यस्तो हुन दिएको छैन। हाम्रो सरकारले विश्वकै सबैभन्दा ठूलो खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ, जसलाई मार्चसम्म लम्ब्याइएको छ। देशमा स्वानिधि रोजगार योजना पनि चलिरहेको छ। सरकारले श्रमिकका लागि ई–श्रम पोर्टल पनि शुरु गरेको छ। सरकारले जनधन पोर्टललाई मोबाइलसँग जोडेको छ। डिजिटल इण्डिया र डिजिटल इकोनोमीको युगमा युपीआईको सफलताको लागि म सरकारलाई धन्यवाद दिनेछुl महामारीको अवरोध बाहेक पनि ठूलो सङ्ख्यामा घरहरू धारामा जोडिएका छन्। यसबाट सबैभन्दा बढी महिला लाभान्वित भएका छन्। सरकारले देशका गरिबलाई सशक्त बनाउने काम गरिरहेको छ’, राष्ट्रपतिले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *