विश्वव्यापी नेताहरुको रेटिङमा मोदी शीर्ष स्थानमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका नेताहरुको मूल्यांकन रेटिङ चार्टमा शीर्ष स्थानमा परेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पछि पार्दै भारतीय प्रधानमन्त्री मोदीले शीर्ष स्थान हासिल गरेका हुन्।

मर्निङ कन्सल्ट पोलिटिकल इन्टेलिजेन्सद्धारा बिहीबार साँझ सार्वजनिक भएको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ्स’मा मोदी शीर्ष स्थानमा परेका हुन्। सरकारको नेतृत्व सुधार र तीव्र कदम चालेको आधारमा मोदी शीर्ष स्थानमा रहेका हुन्। सन् २०२२ जनवरी १३ देखि १९ सम्मको तथ्यांकको आधारमा मर्निङ कन्सल्टले रेटिङ दिएको थियो।

सो रेटिङमा मोदीले ७१ प्रतिशत अप्रुभल भोटिङ प्राप्त गरेर ५० प्रतिशत रेटिङ प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन् भने बेलायती प्रधानमन्त्रीले ६९ प्रतिशत डिसअप्रुभल भोटिङ प्राप्त गर्दै जम्मा २६ प्रतिशत रेटिङ पाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *