नेपाललाई गम्भीर आर्थिक संकटमा धकेल्दै चीन, सीमामा लगायो ‘नाकाबन्दी’

चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको चीनले नेपाललाई गम्भीर आर्थिक संकटमा धकेल्न सक्ने संकेत गरेको छ । विगत २ वर्षयतादेखि चीनले नेपाली सीमामा अघोषित नाकाबन्दी लगाएको छ । अघोषित नाकाबन्दीकै कारण नेपाली व्यापारीहरुले करोडौंको घाटा व्यहोरेका छन्, भने देशलाई नै ठूलो आर्थिक ठेस लागेको छ ।

खास गरी चीनबाट सामान खरिद गरिसकेपछि नाकासम्म आइपुग्दा ती कन्टेनरहरुलाई चीनले नेपाल प्रवेश गर्न दिने गरेको छैन् । यो समस्याले चीनमा नेपाली व्यापारीहरुले सामान खरिद गरिसकेको हुन्छ तर, उक्त सामान नेपाल प्रवेश गर्न भने चीनले रोक लगाइदिन्छ ।

यसो हुँदा चीनलाई कुनै घाटा भने हुँदैन तर, नेपाललाई भने ठूलो घाटा हुने देखिन्छ । नेपाल र चीनबीच रसुवाको केरुङ–रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका स्थलमार्ग भएर सबैभन्दा धेरै ब्यापार हुने गरेको छ । तर, यहाँका सीमामा चीनतर्फ हजारौं कन्टेनरहरु लाइनमा छन् । ती कन्टेनरहरुलाई नेपाल छिर्नमा चीनले अनेकौं बाधा सिर्जना गर्दै आएको छ ।

यसरी चिनियाँ अघोषित नाकाबन्दी विरुद्ध सरकारी उच्च स्तरय संयन्त्र परराष्ट्र मन्त्रालयबाटै समेत परिपत्र भए पनि चीनले कुनै पहल नचालेको आरोप छ । चीनले गरिरहेको यस किसिमको अघोषित नाकाबन्दीविरुद्ध नेपालमा निरन्तर प्रदर्शन समेत भइरहेका छन् । तर, पनि चीनले आफ्नो कुख्यातीलाई निरन्तरता दिएको आरोप छ । नेपाल स्थित चिनियाँ राजदुतावासले समेत यस बिषयमा कुनै पहल नचालेको व्यापारीहरुको आरोप छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *