को हुन् नेपालको असल मित्र ?

नेपालीमा एउटा बहुत सुन्दर उखान प्रसिद्ध छ, “नजिकको तिर्थ हेला” भनेझैं हामिलाई चीनमाथी जागेको भरोसा र भारत प्रतिको ईर्ष्याभावले कुभलो हुने आफ्नै हो । समयमा सत्यलाई स्विकार नगरि मित्रसंग बैरभाव राख्नु स्वयंलाई सिध्याउने सबभन्दा सरल उपाय हो । किनकी त्यहीवेला हो शत्रुले नजर लाउने र आफ्नाजनसंग टाढा बनाउने । नेपालका लागि भारत नै सबैभन्दा राम्रो र सच्चा साथि हो, कमिकमजोरीहरु अनेक हुन सक्छन ।

भर्खर केहि दिन अगाड़ी भारतिय रक्षामंत्री राजनाथ सिंहले दिएको अभिव्यक्तिले त झन मुटूमै चोट गर्ने खालको छ। नेपाल सामु झुक्नु परेपनि सहर्ष स्विकार्य छ, उनको भावुक कथन पछि पनि हामि नेपालीले आफ्नो भ्रम त्याग गरेनन भने पछि भन्न र सुन्नलाई केहि बाँकी नै रहने छैन ।

भारत भावना संग जुड्ने देश हो भने चीन बिशुद्ध व्यापारिक र क्रुरता अंगिकार गर्ने भावनाहिन प्रजातिको तानाशाही राष्ट्र हो । नेपाल र भारतको सम्बन्ध अनादिकाल देखि को हो । एक अर्का संगको सहकार्य मानव सभ्यताको शुरुवात देखि को हो । वास्तवमा भुगोलमा दुई चीरा परेका तर एक देह र एउटै आत्मा भएको देश हुन ।

विगतका केही भ्रमहरुको जगमा भारतसंगको सम्बन्ध कदापि बिगार्न सकिन्न । चाहे ब्रहमाण्डका सम्पुर्ण शक्तिहरु यस सम्बन्धको खिलाफ नै किन न होस तर नेपाल भारतको सम्बन्ध अझ अमर छ । यो कुनै कागजको भरमा स्थापित सन्बन्ध हैन, कुनै दुई राष्ट्र बिचको राजनैतिक लेनदेनको सम्झौता जस्तो नि हैन । यो त जनजन को बिचमा सदियौं देखि संस्कारमा हुर्केको र सामाजिक व्यवहारमा समाहित भै प्राकृतिक रुपमै स्थापित भएको सम्बन्ध हो। नत यसको जग खुकुल्लो छ नत यो सम्बन्धको कुनै लोभमा परेर स्थापित भएको हो । यसको वैकल्पिक रुप अरु केहिं नि छैन ।

एउटै सामाजिक जिवशैलिमा हुर्केको, रितिरिवाज रहनसहनले बाँधिएको, पारम्परिक रुपमै एकत्रित रहि उहि भाषिक र सांस्कृतिक पहिचान राख्ने समुदायबिचको सम्बन्धलाई कुनै आर्थिक चलखेलले तोड्न नसक्ने प्रष्ट छ ।
हो मति बिग्रेका केही नरपिचासहरुले आफ्ना लालचहरुलाई तत्कालका लागि यस परिप्रेक्ष्यमा उपयोग गर्ने प्रयासहरु हुन सक्छन, जो कहिल्यै सफल नहुने कुरो हो ।

भारतको विकल्पका रुपमा हाम्रो शासन व्यवस्थाले हेर्ने गरेको चीन संगको सम्बन्ध पनि हाम्रा लागि महत्वपुर्ण नै छ तर भारत संगको सम्बन्ध बिच्छेदको शर्तमा नेपालीलाई स्वर्ग पनि लायक हुन सक्तैन ।

यतिबेला चीनसँगको सीमा नाका ठप्पप्रायः छ । चीनले चाहेमा जेसुकै लाने र पठाउने गर्न सक्छ । तर, नेपालले चाहेमा सीमाबाट मूसा छिर्न पनि मुश्किलको अवस्था छ । जसका कारण नेपालले ठूलो आर्थिक नोक्शानी भोगिरहेको छ ।

चीनमा अध्ययन गरेर नेपालमा रहेका विद्यार्थीहरु फर्कन पाएका छैनन् । विशेषगरी मेडिकलका विद्यार्थीहरु समस्यामा परेका छन् । उनीहरुले इन्टर्न गर्न नपाएर बेला बेलामा सडकमा ओर्लिइरहेका छन् ।

चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको विषयहरु बाहिर आयो । कर्णालीका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले उतिबेलै यो विषय जोडतोडका साथ उठाए । सरकारले छानविन कमिटी गठन गरी प्रतिवेदन समेत तयार गरेको छ । तर, कूटनीतिक संवेदनशीलतालाई दृष्टिगत गरी सार्वजनिक गरेको छ ।

चीनसँगको यावत समस्याहरु एकपछि अर्को उठ्न थालेपछि चिनियाँ राजदूतावासको प्रवक्ताले यसबारे बोलेका छन् । प्रवक्ताका तर्फबाट चिनियाँ राजदूतावासले चीनले सीमा अतिक्रमण नगरेको दाबी गरेको छ । चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक एकताको सम्मान गर्दै आएको भनेको छ । नेपाल र चीनले सीमा समस्या सन् १९६० कै दशकमा समाधान गरिसकेको र हाल कुनै विवाद नरहेको उल्लेख गरिएको छ । दुवै देशमा सीमा सम्बन्धी मामलामा राम्रो सञ्चारहरु भइरहेको र व्यक्तिगत झूटा रिपोर्टको पछि नलाग्न भनिएको छ ।

तर पछिल्लो समय चिनियाँ राजदूत होउ यान्छीका अलावा चीनबाट उच्च अधिकारीहरु नेपाल आएर राजनीतिक हस्तक्षेपहरु गरेको विषय बाहिर आएको खबर ताजै छ ।

सीमा नाकामा चीनले नाकाबन्दी लगाएको विषयबारे कूटनीतिक तरिकाले कोभिड १९ को महामारीलाई कारण देखाएको छ । उसले अहिले कोरोना महामारीलाई पराजित गर्नु मुख्य उद्देश्य भएको बताएको छ । तर, एकतर्फी नेपालमा सामान पठाउन दिइएको उल्लेख गरेको छ । चीनले चाहेमा नेपालमा सामान आयात हुने तर यहाँबाट निर्यात नहुने गरी कडाई गरिएको छ । यसमा उसले कोरोना महामारीलाई देखाएको छ ।

एकात्मक रुपमा मात्रै सिमामा ओहोरदोहोर गर्ने उसको नितिगत नाकावन्दी बिरुद्ध कसैले बोल्ने साहस गरेको छैन । चीनको यस्तो धोखेबाजी नितिले भविष्यमा नेपाल प्रतिको उसको मानसिकता स्पष्ट छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *