चीनसँग तनाव भएपछि फिलिपिन्सले भारतसँग बह्मोस मिसाइल खरिद गर्ने तयारीमा

पटक-पटक चीन संग भईरहेको तनावलाई मध्य नजर राख्दै फिलिपिन्स भारतबाट बह्मोस मिसाइल किन्ने भएको छ । फिलिपिन्स संसदले शुक्रबार ब्रह्मोस एयरोस्पेस प्रालिबाट आफ्नो नौसेनाका लागि एन्टी-शिप मिसाइल प्रणाली भारतबाट खरिद गर्ने स्वीकृति दिएको हो ।

यो प्रस्ताव लगभग ३७.९ मिलियन अमेरिकी डलर रहेको छ । ब्राह्मोसका अधिकारीहरूलाई फिलिपिन्सको राष्ट्रिय रक्षा विभागले जानकारी दिएको बताइएका छन् । यसै हप्ता जनवरी ११ मा भारतीय नौसेना र रक्षा अनुसन्धान र विकास संगठन (डिआरडिओ) ले ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको थियो । मिसाइल भारत र रुसको संयुक्त उत्पादन हो । जहाँ डिआरडिओ ले भारतीय कम्पनी हो ।

हालसालै सामेल गरिएको भारतीय नौसेनाको नवीनतम युद्धपोत आईएनएस विशाखापट्टनमबाट मिसाइल परीक्षण गरिएको थियो । ब्रह्मोस भारतीय नौसेना युद्धपोतहरूको मुख्य हतियार प्रणाली हो र यसको लगभग सबै सतह प्लेटफार्महरूमा तैनाथ गरिएको छ ।

यसको अन्डरवाटर संस्करण पनि विकास भइरहेको छ जसलाई भारतको पनडुब्बीले मात्र प्रयोग गर्ने मात्र नभई, मित्र राष्ट्रहरूमा निर्यातको लागि पनि प्रस्ताव गरिनेछ । यसबाट चीनलाई किन तनाव दक्षिण चीन सागर देखि लद्दाख सम्म आँखा देखाउने चिनियाँ ड्र्यागनलाई ठूलो झट्का लागेको छ । ड्र्यागनको प्रकोप सँग लडिरहेको दक्षिण पूर्व एसियाली देशले भारत सँग विश्वको सबैभन्दा तीव्र गतिको सुपरसोनिक एन्टी–शिप क्रुज मिसाइल ब्रह्मोस खरिद गर्न स्वीकृत गरेको छ ।

यो सम्पूर्ण मिसाइल सम्झौता करिब ४३७.०४ मिलियनको हुनेछ । यस सम्बन्धमा दुई देशबीच छिट्टै सम्झौता हुनेछ । ब्रह्मोस मिसाइलको लागि यो पहिलो विदेशी खरिद कर्ता हो । फिलिपिन्स अमेरिकाको सहयोगी भए पनि चीन विरुद्ध सैन्य तयारीका लागि भारत र रुसले मिलेर बनाएको ब्रह्मोस मिसाइलमा विश्वास व्यक्त गरेको छ । चाँडै नै चीनको अर्को छिमेकी देश भियतनामले पनि भारत सँग ब्रह्मोस मिसाइलका लागि सम्झौता गर्न सक्ने विश्वास गरिएको छ ।

यस क्षेप्यास्त्र सम्झौतालाई लिएर दुवै देशबीच वार्ता भइरहेको छ । क्षेप्यास्त्र खरिदका लागि इन्डोनेसिया लगायत धेरै खाडी मुलुकले चासो देखाएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *