ऋणभार घटाइदिन चीनलाई श्रीलंकाको अपिल

श्रीलंका सरकारले ऋण घटाइदिन चीनसमक्ष अपिल गरेको छ। पछिल्लो समय चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले चीनसमक्ष ऋण भार घटाइदिन अपिल गरेको हो। बेल्ट एण्ड रोड पहलबारे छलफल गर्न आइतबार चिनियाँ विदेशमन्त्री वाङ यीको श्रीलंका भ्रमण गरेका थिए। सो भ्रमणको क्रममा वाङले श्रीलंकाका राष्ट्रपति गोतावे राजापाक्ष र त्यहाँका प्रधानमन्त्रीलगायत विभिन्न अधिकारीहरुसँग भेटवार्ता गरेका थिए।

सो भेटको क्रममा श्रीलंकन राष्ट्रपति राजापाक्षले विदेशमन्त्री वाङसमक्ष ऋण घटाइदिन हुन अपिल गरेका हुन्। ‘देशमा आर्थिक संकट चलिरहेको बेला यदि चीनले ऋण घटाइदिएमा हाम्रा लागि ठूलो राहत हुनेछ,’ श्रीलंकन राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

चीन श्रीलंकाको सबैभन्दा ठूलो दुई पक्षीय ऋणदाता मुलुक हो। अन्तर्राष्ट्रिय एजेन्सीहरुले राजापाक्षेको सरकार अझै ठूलो ऋणमा डुब्नसक्ने चेतावनी दिएपछि विदेशमन्त्री वाङ श्रीलंका पुगेको बताइएको छ। यद्यपि सो सम्बन्धमा राजधानी कोलम्बोस्थित चिनियाँ दूतावासले भने कुनै पनि प्रतिक्रिया नजनाएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। पर्यटकीय क्षेत्रको आम्दानीमा निर्भर श्रीलंकामा कोभिड-१९ महामारीका कारण पछिल्लो समय चरम आर्थिक संकट छाइरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *