रेशम चौधरीको पार्टीको घोषणा पत्रमा के छ? थाहा पाउनुस्

दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। जातीय भेदभावको पूर्ण अन्त्य र न्यायको पूर्ण पालनामा कर्तव्यनिष्ठ रहने वाचासहित उन्मुक्ति पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो।

आदिवासी, जनजाति, दलित, श्रमिक, मजदुर, छुवाछूत अन्त्य, जनजाति प्रथाको उन्मूलन र जातीय भेदभावको पूर्ण अन्त्यसहित उनीहरूमाथि गरिएको न्यायको पूर्ण पालनामा कर्तव्यनिष्ठ रहने पार्टीको प्रस्तावनामा उल्लेख छ। यस्तै, विभिन्न अन्तर्राष्ट्रिय सन्धि-सम्झौताको पूर्ण पालना गराउन राज्यलाई झकझक्याउने उन्मुक्ति पार्टीले बताएको छ।

घोषणापत्र सार्वजनिक गर्दै पार्टीका केन्द्रीय सदस्य योगेन्द्र घिसिङले ६ महिनाभित्र रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्ने माग गरेका छन्। घिसिङले देशलाई परिवर्तनको नेतृत्व गर्ने पार्टीको आवश्यकता रहेको बताउँदै चौधरीकै सोच अनुसार नागरिक उन्मुक्ति पार्टी जन्मिएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *