माओवादी महाधिवेशनबाट १२ जना थारु नेता केन्द्रीय सदस्यमा निर्वाचित

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट १२ जना थारु नेताहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। त्यसमध्ये ३ जना खुलाबाट र ९ जना थारु कोटाबाट केन्द्रीय सदस्यमा बनेका हुन्। खुलातर्फ नेपबहादुर चौधरी, इन्द्रजीत थारु र वीरमान चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

त्यस्तै थारु कोटातर्फ पुरुषमा सन्तकुमार चौधरी, हरिनारायण चौधरी र देवीलाल चौधरी रहेका छन् भने महिलातर्फ रुपा चौधरी, अन्जना चौधरी, मञ्जु चौधरी र कृष्णा चौधरी रहेका छन्। त्यस्तै थारु कोटाकै पुरुष युवाबाट अमनलाल मोदी र महिला युवाबाट रामकुमारी चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *