माओवादीमा थारु कोटाबाट दुई युवासहित १० जना निर्वाचित हुने

माओवादी केन्द्रको जारी महाधिवेशनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुरुप नयाँ कार्यसमिति चयन हुने भएको छ। निर्वाचन आयोगले विभिन्न कोटामार्फत् केन्द्रीय सदस्य चुनिने जानकारी दिएको छ।

आयोगका अनुसार खस आर्यतर्फ १२ जना पुरुष, ३ जना युवा पुरुष, २४ जना महिला र ६ जना युवा महिला गरी ४५ जना निर्वाचित हुनेछन्। त्यस्तै दलिततर्फ ६ जना पुरुष, युवा पुरुष १ जना, महिला १२ र युवा महिला ३ जना गरी २२ जना निर्वाचित हुनेछन्।

त्यस्तै मुस्लिमतर्फ पुरुष १, युवा पुरुष १, महिला ४ र युवा महिला १ गरी ७ जना निर्वाचित हुनेछन् भने मधेसीतर्फ पुरुष ६ जना, युवा पुरुष १ जना, महिला १३ जना र युवा महिला ३ जना गरी २३ जना निर्वाचित हुनेछन्। त्यस्तै आदिवासी जनजातितर्फ पुरुष ११, युवा पुरुष ३, महिला २३ र युवा महिला ६ जना गरी ४३ जना निर्वाचित हुनेछन्।

त्यस्तै थारुतर्फ पुरुष २ जना, युवा पुरुष १ जना, महिला ५ जना, महिला युवा १ जना गरी १० जना निर्वाचित हुनेछन् भने अपाङ्गतातर्फ पुरुष र महपला एक-एक गरी २ जना, पिछडिएको क्षेत्रतर्फ पुरुष, महिला एक-एक गरी २ जना निर्वाचित हुनेछन्। त्यस्तै खुलातर्फ १४५ जना निर्वाचित हुने व्यवस्था निर्वाचन आयोगले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *