कांग्रेस प्रदेश २ अधिवेशनमा सात जना थारु नेताहरुको उम्मेदवारी

नेपाली कांग्रेस प्रदेश-२ को पहिलो अधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ। कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ। जसका लागि १८० जनाको उम्मेदवारी परेको छ।

थारु समुदायबाट ७ जनाले उम्मेदवारी दिएका छन्। प्रदेश खुल्लातर्फको केन्द्रीय सदस्यका लागि जीवनाथ चौधरी र राम लला चौधरीले उम्मेदवारी दिएका छन् भने जिल्लाबाट खुला सदस्यका लागि आशाराम चौधरीले उम्मेदवारी दिएका छन्।

त्यस्तै थारु कोटा खुलातर्फ एक सिटका लागि रितनारायण चौधरी र उदयनारायण चौधरीले उम्मेदवारी दिएका छन् भने महिलातर्फ १ सिटका लागि रामप्यारी चौधरी र शान्तिकुमारी सिंहले उम्मेदवारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *