थारु कोटामा रामजनम, योगेन्द्र, कल्पना र जीवन राना निर्वाचित

नेपाली कांग्रेसको थारुतर्फको खुल्ला तथा महिला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। थारुतर्फका दुईजना खुल्ला केन्द्रीय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी विजयी भएका छन्। उनीहरुले क्रमश: २५०३ र २१९८ मत प्राप्त गरेका छन्।

कूल दुई पदका लागि आठ जनाको उम्मेदवारी परेको थियो। जसमा बद्रीनारायण चौधरीले १६०४, साजनकुमार चौधरीले १४१२, पार्वता डीसी चौधरीले ५६३, भोटनीदेवी खवासले २९९, देवराज चौधरीले २१७ र यज्ञराज चौधरीले १८४ मत ल्याएका छन्।

त्यस्तै थारुतर्फकै महिलाको दुई केन्द्रीय सदस्य पदमा कल्पना चौधरी र जीवन राना निर्वाचित भएका छन्। उनीहरुले क्रमश: २५२४ र २३४९ मत प्राप्त गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *