तीन हजार मत गन्दा थारु कोटातर्फ कसले कति मत पाए?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत थारु कोटातर्फको खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा भइरहेको पछिल्लो मतपरिणाम अनुसार रामजन चौधरी र योगेन्द्र चौधरीले अग्रता लिएका छन्।

तीन हजार मत गन्दा रामजनमले १६१९ र योगेन्द्रले १४१७ मत ल्याएका छन्। त्यस्तै बद्रीनारायण चौधरीले १०२८ र साजनकुमार महतोले ९०९ मत ल्याएका छन्। थारु खुलातर्फ दुई सिटका लागि ८ जनाले उम्देवारी दिएका छन्।

त्यस्तै थारु महिलातर्फ कल्पना चौधरी र जीवन रानाले अग्रता लिएका छन्। कल्पनाले १६१९ मत र जीवनले १५४९ मत ल्याएका छन्। त्यस्तै नमिता चौधरीले १०६३ र नवोदिता चौधरीले १०२१मत ल्याएका छन्। महिलातर्फ दुई सिटका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *