भारोत्तोलनमा युवायुवतीको आकर्षण खिच्दै स्वर्ण पदकधारी सन्जु चौधरी

भारोत्तोलनको स्वर्ण पदकधारी सन्जु चौधरीले युवा पुस्तालाई यो खेलप्रति आकर्षित गर्न अभियान थालेकी छन्। उनले बर्दियाको बारबर्दियामा पुगेर १६ जनाालाई पोशाकसहित सामग्री वितरण गरेकी छन्। उनले भरोत्तोलनको ‘प्री कम्पिटिसन’समेत गराएकी छन्।

पुस २७, २८ र २९ गते काठमाडौंमा हुने राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराउन ती युवायुवतीहरुलाई सन्जुले सामग्रीसहित प्रि कम्पिटिशन गराएकी हुन्। त्यहाँका युवायुवतीहरु भरोत्तोलन प्रशिणबाट वञ्चित छन्। उनीहरुको यस खेलप्रति आकर्षण रहे पनि प्रशिक्षण बिना उनीहरुले खेललाई अगाडि बढाउन सकेका छैनन्।

राम्रो खेलाडी उत्पादन गर्ने उद्देश्ले आफूले सामग्रीसहित सामान्य प्रशिक्षण दिएको सन्जु चौधरीको भनाइ छ। नियमित प्रशिक्षण दिने हो भने बारबर्दियाबाट दुई-चार जना राम्रो खेलाडी उत्पादन हुने चौधरीको विश्वास रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *