पत्रकार सन्तोष दहितलाई मदन स्मृति पत्रकारिता पुरस्कार

प्रेस चौतारी दाङको ९औं जिल्ला अधिवेशनमा अग्रासन साप्ताहिकका सम्पादक सन्तोष दहितलाई पुरस्कृत एवं सम्मान गरिएको छ। दहितलाई मदन स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत गरिएको हो।

त्यस्तै चौतरीले टीका बस्नेतलाई चौतारी योगदान पुरस्कार, प्रतिभा पुरस्कारबाट पुरस्कार चन्द्रप्रकाश नेपाली, हिम स्मृति सहासिक पत्रकारिता पुरस्कार बालकृष्ण पाण्डे, प्रेस चौतारी प्रतिभा पुरस्कार एकराज भण्डारी, उत्तम अधिकारी, रमा नेपाली, सविता सुनार, मञ्जु रोका मगर, नीता चौधरी र सुरक्षा चौधरी पुरस्कृत भएका छन्।

चौतारीले यस वर्ष सञ्चार गृहतर्फ राप्ती पोष्ट दैनिक, रेडियो प्रकृति र राजमार्ग अनलाइनलाई सम्मान गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *