थारु कोटामा रामजनम र योगेन्द्रको अग्रता, महिलातर्फ कल्पना र जीवन रानाको अग्रता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत थारु कोटातर्फको खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा भइरहेको पछिल्लो मतपरिणाम अनुसार रामजन चौधरी र योगेन्द्र चौधरीले अग्रता लिएका छन्।

१२ सय मत गन्दा रामजनमले ६४७ र योगेन्द्रले ५६८ मत ल्याएका छन्। त्यस्तै बद्रीनारायण चौधरीले ३९५ र साजनकुमार महतोले ३६९ मत ल्याएका छन्। थारु खुलातर्फ दुई सिटका लागि ८ जनाले उम्देवारी दिएका छन्।

त्यस्तै थारु महिलातर्फ कल्पना चौधरी र जीवन रानाले अग्रता लिएका छन्। कल्पनाले ४५९ मत र जीवनले ५०७ मत ल्याएका छन्। त्यस्तै नमिता चौधरीले ३४३ र नवोदिता चौधरीले ३१७ मत ल्याएका छन्। महिलातर्फ दुई सिटका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *