कांग्रेस मतगणना: २३ नम्बरमा पद्मनारायण चौधरी, ३४ मा गोपाल दहित

नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ। २९९३ मत गन्दा डा. शशांक कोइरालाले २४४२ मत ल्याए पहिलो नम्बर अग्रता लिएका छन्। त्यस्तै दोस्रो स्थानमा एनपी साउदले १८९६ मत ल्याएका छन् भने तेस्रोमा बालकृष्ण खाँणले १८५१ मत ल्याएका छन्।

त्यस्तै चौथोमा उदय शम्शेर राणाले १८०८ मत ल्याएका छन् भने पाँचौंमा रमेश लेखकले १७८२ मत ल्याएका छन्। त्यस्तै थारु समुदायबाट उम्मेदवारी दिएका पद्मनारायण चौधरी १३७७ मत ल्याएर २३औं नम्बरमा छन् भन् डा गोपाल दहित १११८ मत ल्याएर ३४औं नम्बरमा छन्। खुलातर्फ ३५ जना केन्द्रीय कमिटीमा निर्वाचित हुनेछन्। त्यस्तै मंगलप्रसाद थारुले १०२४ मत ल्याएर ३९औं नम्बरमा रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *