ओलीलाई दनक दिँदै भगवतीले भनिन्- जिल्लाको सह-इन्चार्ज पद पनि आसेपासेलाई दिनुस्

नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले पार्टीभित्र देखिएको अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीविरुद्ध आवाज उठाएकी छन्। हालसालै सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पोलिटब्यूरो सदस्यमा मनोमानी र एकपक्ष ढंगले अध्यक्ष ओलीले मनोनित गरेकोप्रति नेतृ चौधरीले चर्को विरोध जनाएकी हुन्।

अध्यक्ष ओलीले आसेपासेलाई पार्टीमा मनोमानी पद बाँ‍डेको भन्दै नेताहरुको आक्रोश चुलिएको छ। एकताको सन्देश भन्दै ओलीले चरम गुटबन्दी गरेकोप्रति नेतृ चौधरी रुष्ट बनेकी छन्। कतिपय नेता कार्यकर्ताले पार्टीमा उचित योगदानको मूल्याङ्कन नभएको बताइरहँदा नेतृ चौधरीलेसमेत आफूलाई दिइएको सुनसरी जिल्लाको सह-इन्चार्ज पद अस्वीकार गरेकी छन्।

नेतृ चौधरीले भनिन्, ‘ओली कमरेड! जिल्लाको सह-इन्चार्ज पद पनि मलाई चाहिएको छैन। तपाईँका आसेपासे कसलाई दिन मन लागेको छ दिँदा हुन्छ। कति अन्याय सहने?’ एमालेभित्र चौधरी शिक्षित, बौद्धिक र क्षमतावान नेतृका रुपमा चिनिन्छिन्। एमालेको कमजोर पकड भएको सुनसरी क्षेत्र नम्बर-३ मा चौधरी एक्लैले आफ्नो मेहनत र राजनीतिक लगानीबाट पार्टीको उपस्थितिलाई सशक्त बनाएकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *