तब्लिगी जमातमाथि साउदी अरबले लगायो प्रतिबन्ध

साउदी अरब सरकारले सुन्नी मुस्लिम समुदायको सबैभन्दा ठूलो संगठन तब्लिगी जमातमाथि प्रतिबन्ध लगाएको छ। सरकारले तब्लिगी जमात समाजको लागि खतरनाक रहेको भन्दै सो जमातमाथि प्रतिबन्ध लगाएको हो।
साउदी अरबको इस्लाम मामिला मन्त्रालयले सुन्नी इस्लामिक संगठनलाई आतंकवादी बताउँदै समुदायका मानिससँग संगत नगर्नसमेत निर्देशन दिएको छ। साउदी अरब सरकारको सो निर्णयले तब्लिगी जमातमाथि गहिरो असर पर्नसक्ने विश्लेषकहरुले बताएका छन्।
तब्लिगी जमातले सुन्नि इस्लाम धर्म प्रवर्द्धन गर्न आफ्नो संख्या बढाउन जबरजस्ती गर्ने गरेको मन्त्रालयको भनाइ छ।
Facebook Comment